logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै


अंकुरण खबर
728
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गुरङले विश्वासको मत लिन लागेका हुन् । उनले दुई दिन अघि विश्वासको मतको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

उनलाई वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्री गुरुङ विश्वासको मत नपाउने देखिएको छ । ६० सदस्यीय प्रदेश सभामा नेकपा (एमाले) का २७ सांसद छन् । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले उनलाई सहयोग गर्ने देखिएको छ ।

उनको मन्त्रिपरिषद्मा रहेका स्वतन्त्र सांसद दीपक मनांगेले भने साथ छोड्ने संकेत गरेका छन् । उनी बुधबार साँझ बोलाएको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी भएका छैनन् ।

जसले गर्दा मुख्यमन्त्री गुरुङको पक्षमा २८ सांसद मात्रै देखिएका छन् । बहुमतका लागि ३१ सांसद चाहिन्छन् ।