नेपालमा भोलि शुक्रबारबाट यो वर्षको मनसुन सुरु हुदैछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि पूर्वबाट नेपालमा एउटा न्यूनचापीय क्षेत्र प्रवेश गर्ने देखिएको छ । त्यसैले भोलिबाट नेपालमा मनसुन सुरु हुने मौसमविद् समीर श्रेष्ठले बताए ।
यो वर्ष विगतमा भन्दा अधिक वर्षा हुने विभागले जनाइसकेको छ । अधिक वर्षा हुने भएकाले सम्भावित क्षति हुन नदिन आवश्यक गृहकार्य सुरु गर्न विभागले जिल्ला विपद् व्यवस्थापन समितिलगायत सरोकारवाला निकायलाई आग्रह गरिसकेको छ ।
यसपटक मनसुनी विपदबाट झण्डै १८ लाख बढी प्रभावित हुने अनुमान गरिएको छ । तराई क्षेत्रमा बढी डुबानको खतरा रहेको चेतावनी दिइएको छ ।
भारतमा मनसुनका कारण परेको वर्षाले राजधानी नयाँ दिल्ली लगायतका राज्यहरु डुबानमा परेका छन् ।