logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश-२ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने, महामारी र शिक्षालाई बढी प्राथमिकता


अंकुरण खबर
845
Shares

प्रदेश नम्बर–२ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ ।

प्रदेश प्रमुख राजेश अहिराज झाले प्रदेशसभामा दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अगामी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएपछि नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

नीति तथा कार्यक्रम बहुमतले पारित गरेपछि असार १ गते सरकारले बजेट सार्वजनिक गर्छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले बजेट भाषणको तयारी करिब पूरा भएको जानकारी दिए ।

अगामी वर्षको बजेटमा कोरोना महामारी र शिक्षालाई बढी प्राथमिकता दिइने जनाइएको छ ।

तर प्रदेश सरकारको बजेटको आकार गत वर्षभन्दा कम भएर आउने आँकलन गरिएको छ । राजस्व संकलनमा गिरावटलगायतले बजेटको आकार घट्न सक्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहालले बताए।