logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी


अंकुरण खबर
832
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद् विस्तारको तयार गरेका छन् ।

आफूसँग रहेका ८ मध्ये ७ वटा मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी भएको बालुवाटार स्रोतले बतायो ।

गृह, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति लगायतका मन्त्रालयमा मन्त्री नियुक्त हुन लागेका हुन् ।

अपरान्ह ४ बजेका लागि शपथको सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि गत २१ गते जसपाका ८ र एमालेका २ मन्त्रीले शपथ लिएका थिए । यसपटक पूर्व माओवादी खेमाका २ जना मन्त्री बन्ने सम्भावना छ ।