logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महेश बस्नेतले दाबी गरेको शक्तिशाली मन्त्रालय बादल पत्नी नैनकलालाई


अंकुरण खबर
897
Shares

प्रधानमन्त्री केपी ओलीले आज गर्न लागेको मन्त्रीमण्डल बिस्तारमा राम बहादुर थापा बादल पत्नी नैनकला थापालाई पनि महत्त्वपूर्ण मन्त्रालय दिएर समेट्ने भएका छन् ।

नैनकला थापालाई सञ्चार मन्त्री बनाउन लागिएको हो ।

श्रोतका अनुसार माओवादी छोडेर एमाले भएकी ज्वालाकुमारी साहलाई पनि मन्त्री बनाउने तय भएको छ । उनलाई कृषि मन्त्री बनाउन लागिएको एक नेताले बताए ।

नैनकलालाई दिएको सञ्चार मन्त्रालयमा महेश बस्नेत समेत दाबी गरेका थिए । एक कार्यक्रममा उनले गृह भन्दा सञ्चार आफ्नो रोजाइ भएको बताएका थिए ।