सरकार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण अहिले अपरान्ह चार बजे हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आजै हुन लागेको हो । आज पूर्णता पाएको मन्त्रिपरिषद्मा ७ जना मन्त्री र एक जना राज्यमन्त्री थपिएका छन् ।
प्रधानमन्त्री ओलीले मन्त्री मन्त्रिपरिषद्मा नारदमुनी रानालाई वन, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृह, नैनकला थापा संचार, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन र आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
आज नियुक्त हुने ७ मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएपछि साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।