logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवनियुक्त मन्त्रीहरुले लिए सपथ


अंकुरण खबर
871
Shares

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आज थपिएका मन्त्रीहरुले सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन् । एक जना राज्यमन्त्रीले भने प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गृहमन्त्री खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, वन तथा वातावरणमन्त्री नारदमुनि राना, सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला शाह, विनाविभागीयमन्त्री मोहन बाँनियाले शपथ लिएका हुन् ।

त्यस्तै, वन राज्यमन्त्रीको आशाकुमारी विकले पनि शपथ लिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।