logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त


अंकुरण खबर
793
Shares

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । उनी स्वतः पदमुक्त भएका छन् ।

विश्वासको मतको पक्षमा २७ र विपक्षमा ३० मत खसेको छ । उपस्थित ५८ सांसदमध्ये एकजना मतदानमा सहभागी भएनन् ।

मुख्यमन्त्री गुरुङलाई एमालेका २७ सांसदले मात्र विश्वासको मत दिए । सरकार गठनका लागि बहुमत नपुगेकोले मुख्यमन्त्री गुरुङको प्रस्ताव अस्वीकृत भएको हो ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदले विपक्षमा मतदान गरे । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मतदानमा अनुपस्थित रहे भने जनमोर्चा सांसद कृष्ण थापा तटस्थ बसे ।

प्रदेशसभाको अर्को वैठक शुक्रवार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।