logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चको आदेश : कर्णालीका चार सांसद्लाई पुनर्बहाली गर


अंकुरण खबर
4.134K
Shares

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै कर्णाली प्रदेशका कारबाहीमा परेका ४ सांस्दलाई पुनर्बहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको भन्दै एमालेले चार संसदलाई बर्खास्त गर्न प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए । उनीहरुले आफूहरुमाथिको कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभाका ४ सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।आदेशमा भनिएको छ ‘दशौं राष्ट्रिय आयोजक कमिटी नेकपा एमालेको पार्टीको आधिकारिक संरचना होइन । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ अनुसार दल त्यागसम्बन्धी विषयमा कारबाही गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले मात्र कारबाही गर्न सक्ने व्यवस्था छ । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनले नचिनेको संरचनाबाट गरिएको निर्णय बदरभागी छ’ ।

यो आदेशसंगै एमालेको माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली भएका हुन् ।

एमालेको आन्तरिक किचलोका कारण नेपाल पक्षधरका ४ सांसदले पार्टीको ह्वीप नमानी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेका थिए ।