logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु


अंकुरण खबर
754
Shares

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेजमा दाङकी ४२ वर्षीया महिला, भेरी अस्पतालमा दाङकै ७७ वर्षीय बृद्ध र बाँकेका ८० वर्षीय बृद्धको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट तीन सय ६ जनाको मृत्यु भएको छ । त्यस्तै, उपचारका लागि आएका बिभिन्न जिल्लाका तीन सयय ३० जनाको मृत्यु भएको छ ।