logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
858
Shares

दाङमा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा प्रहरीको भ्यानले विहीवार राति ठक्कर दिँदा भे १ प ८४२२ नम्बरको मोटरसाइकल चालक करिब २५ वर्षका युवकको मृत्यु भएको हो ।

काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके ल्याउँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुल्न बाँकी रहेको बताए। मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यान प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रहरीको गाडीसँग ठोक्किएर मोटरसाइकल सडक छेउको विजुलीको पोलमा पनि ठक्कर खाएको थियो।