logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा वृहत नागरिक आन्दोलनमा सहभागी अगुवाहरु पक्राउ


अंकुरण खबर
1.924K
Shares

वृहत नागरिक आन्दोलनमा सहभागीहरु पक्राउ परेका छन् ।

शुक्रबार बिहान बालुवाटारमा प्रदर्शन गरेका नागरिक अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा अगुवाहरुले विरोध जनाएका थिए ।

सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै गरिएको प्रदर्शनमा सञ्जिव उप्रेती, नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत सहभागी थिए ।

उनीहरुले स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका नागरिक अगुवाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।