logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अरुण भ्याली हाईड्रोपावरका मजदुरको मृत्यु


अंकुरण खबर
962
Shares

पाँचथर हिलिहाङ गाउँपालिका १ स्थित निर्माणाधिन अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् ।

बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजनको फलामको पाईप बा ३ क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिएको र पाईपले मगरको घाटीमा लागी घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सो घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले क्रेन अप्रेटर बारा सखुवाघाट गाउँपालिका–७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाईएको छ ।