logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यानमारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना गिरफ्तार


अंकुरण खबर
1.235K
Shares

म्यानमारमा  विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्।

आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

पक्राउ परेकामध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ।

सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ।

म्यानमारमा गत फेब्रअरी १ देखि संकटकाल लागु गरिएको छ भने नागरिक आन्दोलन पनि भइरहेको छ ।

म्यानमारको सेनाले लोकतन्त्रवादी नेतृ आङसाङ सूकीसहित सरकारको नेतृत्वमा रहेका तथा दलको नेतृत्व गरेका विभिन्न नेताहरुलाई नियन्त्रमा लिएर सत्ता हातमा लिएको छ।

सेनाले सत्ता लिएको र लोकतन्त्र मासेको भन्दै भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म सयौँको मृत्यु भइसकेको छ।