logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान


अंकुरण खबर
1.092K
Shares

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत पाउन नसकेको पत्र प्रदेश सभा सचिवालयबाट प्राप्त भएको भन्दै उनले भोलि शनिबार दिउँसो ३ बजेभित्र प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रीमण्डल गठन नहुँदासम्म अहिलेकै सरकारलाई काम गर्ने जिम्मेवारी तोकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभाको हिजोको बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत मागेका थिए । तर मतविभाजन हुँदा उनको पक्षमा २७ मत मात्र परेको थियो । यस्तै विपक्षमा ३० मत परेको थियो । सरकार गठनका लागि आवश्यक ३१ मत पाउन नसकेपछि मुख्यमन्त्री गुरुङ हिजै पदमुक्त भएका थिए ।