नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १८२ जनामा गरिएको परीक्षणमा थप ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको हो । ९ हजार ५९८ जनाको आरटी(पीसीआर विधिबाट र ५ हजार ५८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको हो ।
पीसीआरबाट २ हजार ७०९ र एन्टीजेनबाट १ हजार ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालका पीसीआरबाट कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । यस्तै, एन्टीजेनबाट १८ हजार ७५५ जनामा कोरोना पहिचान भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै, शुक्रबार देशका विभिन्न भागमा थप ६७ जना कोरोना संक्रमितको मृत्यु भएको हो। योसँगै कोरोनाबाट अहिलेसम्म नेपालमा ८ हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।