logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु


अंकुरण खबर
949
Shares

एक पोखरीमा डुबेर ५ बालबालिकाको मृत्यु भएको छ ।

धनुषाको मुखियापट्टी गाउँपालिका लक्ष्मीपुरका ५ बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

दिउँसो १२:०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेमा स्थानीय १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्द्रकुमारी भगत, १३ वर्षीया मञ्जु पुर्वे, १२ वर्षीया चान्दनी ठाकुर र १२ वर्षीया ललिता साह रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।