पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १४० कोरोना संक्रमित थपिएका छन् ।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार १४० जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९२१ जना, भक्तपुरमा ५६ जना र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, आज ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६७ जना संक्रमितको मृत्यु भएको छ ।