logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै, बालश्रम अन्त्य गर्ने मूख्य धेय


अंकुरण खबर
2.717K
Shares

आज जुन १२, विश्वभर बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ ।

यो वर्षको दिवसको मूख्य धेय सबैमा बालश्रम अन्त्य गर्नु रहेको छ । कोरोना सङ्क्रमण जोखिम र महामारीले बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा समेत जोखिम उत्पन्न भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले जनाएको छ ।

नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।

उनीहरूलाई आयआर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन वर्जित छ । कोभिड–१९ देखा पर्नु अगाडिसम्म विश्वभर झण्डै १० करोड बालबालिकालाई श्रमबाट मुक्त गरिएको पनि आइएलओले जनाएको छ ।
हरेक वर्ष जुन १२मा यो दिवस मनाइदै आइएको छ ।