logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज


अंकुरण खबर
585
Shares

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम ल्याउने भएको छ।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले दिउँसो २ बजे प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

कानुनत: बजेट ल्याउनुभन्दा १५ दिनअघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान छ। तर, बदलिँदो राजनीतिक घटनाक्रम र कोरोना महामारीका कारण सरकारले ढिला गरी नीति तथा कार्यक्रम ल्याउन लागेको छ।

ढिलागरी नीति तथा कार्यक्रम आएका कारण संसदमा पर्याप्त छलफलका हुन सक्ने समय छैन। शुक्रबार मात्रै सरकारले प्री–बजेटमाथिको छलफल सकेको थियो।

कोरोना रोकथाम तथा नियन्त्रणलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन्।