logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

२४ घण्टामा थपिए ३,३८४ जना संक्रमित,६१ जनाको मृत्यु, ६,२९५ जना संक्रमणमुक्त


अंकुरण खबर
936
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार३सय८४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८हजार५सय०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना काठमाडौं उपत्यकामा संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ६१ जनाको मृत्यु भएको छ। योसंगै नेपालमा मृतकको संख्या ८ हजार ३६६ जना पुगेको छ । यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् ।

नेपालमा हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ हजार ७५७ जनामा संक्रमण देखिएको छ ।

कोरोजा जित्नेको दर ८६.९ प्रतिशत रहेको छ भने, मृत्युदर १.६ प्रतिशत रहेको छ ।