वैकल्पिक सरकार गठनका लागि गण्डकी प्रदेशमा प्रदेश प्रमुखले दिएको समय सकिए पछि मुख्यमन्त्रीले पुनः दावी पेश गरेपछि विपक्षी गठवन्धन धर्ना बसेका छन् ।
मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङले पुनः दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन् । नयाँ सरकारमा पनि मुख्यमन्त्रीले दावी गर्नु असंवैधानिक भएको भन्दै विपक्षी गठबन्धनका ३१ जना सांसदहरू प्रदेश प्रमुकको निवासमा धर्नामा बसेका हुन् । ३१ सांसदको भौतिक उपस्थितिसहित हस्ताक्षर बुझाउँदा पनि नियुक्ती नगरिएको भन्दै विपक्षी गठवन्धनले आपत्ति जनाएको छ ।
प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् । कांग्रेसका कृष्णचन्द्र पोखरेलले ३१ सांसदको हस्ताक्षरसहित हिजो दावी पेश गरेका थिए ।