कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा चार र नेपालगन्ज मेडिकल कलेजमा एक संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका कोरोना फोकल पर्सन तेज वलीले बताए ।
भेरी अस्पतालमा बैतडीका ५५ वर्षीय पुरुष, बर्दियाकी ४९ वर्षीया महिला, सल्यानका ४६ वर्षीय पुरुष र दाङकी ३२ वर्षीया महिलाको मृत्यु भएको उनले जानकारी दिए ।
त्यस्तै, नेपालगन्ज मेडिकल कलेजमा बाँकेका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट तीन सय सात जनाको मृत्यु भएको छ ।
त्यस्तै, उपचारका लागि बाहिरी जिल्लाबाट आएका तीन सय ३७ जनाले पनि बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् ।