logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध, सडकमा सवारी जाम


अंकुरण खबर
1.638K
Shares

पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ ।

हिजोदेखि परेको वर्षाका कारण आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट पहिरो खसेको हो । पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

सडकमा अहिले सवारी साधनहरुको जाम रहेको छ । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिएको छ । तर अझै पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने बताइएको छ ।