logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे छलफल गर्न प्रजिअहरुको बैठक बस्दै


अंकुरण खबर
962
Shares

काठमाडौं उपत्यकामा डेढ महिनादेखि जारी निषेधाज्ञाबारे छलफल गर्न ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।

आइतबार दिउँसो ३ बजे काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराईबीच छलफल हुन लागेको हो ।

प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

निषेधाज्ञा जारी राख्ने सहमति भएपनि मोडालिटीबारे भने अहिलेसम्म कुनै औपचारिक धारणा तय नभएको उनले जानकारी दिए ।

पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याइएको निषेधाज्ञाको अवधि भोलि सकिदैछ । त्यसैले असार १ देखि निषेधाज्ञा कस्तो हुने भन्ने टुङ्गो लगाउन प्रजिअहरुको बैठक बस्न लागेको हो ।