logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा उभिन सांसदहरूलाई जसपाको निर्देशन


अंकुरण खबर
767
Shares

जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेस गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ।

उक्त दलले आज (आइतबार) ह्विप नै जारी गरेर आफ्ना सांसदहरुलाई विपक्षमा उभिन भनिएको छ। आजको बैठकमा लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ।

सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम जेठ २५ गते प्रदेशसभामा पेस गरेका हुन्।

उक्त नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको निष्कर्ष जसपाले निकालेको छ। जसपा संसदीय दलकी प्रमुख सचेतक पुर्मती ढेंगा मगरले ह्विप जारी गरेर नीति तथा कार्यक्रमको समर्थन नगर्न आग्रह गरेकी हुन् ।

लुम्बिनीमा जसपाका सांसद ६ जना छन्। ती सांसदहरु प्रमुख सचेतक ढेंगी, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सुमन शर्मा रायमाझी र संसदीय दलका नेता सहषराम यादव हुन्।

संसदीय दलका नेता यादव र प्रमुख सचेतक आफू र बाहेक चार जना पार्टी निर्णयविपरित सरकारमा गएको भन्दै पार्टीले कारबाही गरेपछि पदमुक्त भएका थिए । तर सर्वोच्चको अन्तरिम आदेशले उनीहरुको पद थमौती भएको हो।