ललितपुरमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको रामेछापका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप खांडादेबी गाउँपालिका–१ घर भएका २३ वर्षीय अनुष माझी रहेका छन् ।
ललितपुर महानगरपालिका–२८ धापाखेल डेरा गरी बस्ने माझीलाई शुक्रवार राति महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको बताईएको छ ।
जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ।