logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हालसम्मकै उच्च बिन्दुमा नेप्से


अंकुरण खबर
689
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ ।

आज नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो ।

नेप्सेमा आज उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा पुगेको छ । आज कारोबार भएका ४५ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

यस्तै, आज नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४.१५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४० मा झरेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । यस कम्पनीको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।