
अभिनेत्री मनिषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन ।
सामाजिक सञ्जाल मार्फत उनले अग्रपंक्तिमा खटिएका प्रहरीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छन् ।
आइतबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई अभिनेत्री कोइरालाले सहयोग हस्तान्तरण गरेकी हुन् ।
उनले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी छन् ।