logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आन्तरिक हवाई उडान अन्यौल, व्यवसायी संकटमा


अंकुरण खबर
975
Shares

बैशाख अन्तिम साता देखि बन्द भएको आन्तरिक उडान खुल्न अझै अन्यौल रहेको छ ।

कोरोना महामारीका कारण नेपाल सरकारले अनिश्चितकालका लागि बन्द गरेको आन्तरिक हवाई उडान कहिलेबाट खुल्ने हो अन्यौलमा परेको हो ।

यो विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयबाट कुनै पनि सिफारिस नआएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

यस विषयमा आफुहरुले केही निर्णय लिन नसक्ने भएकाले सीसीएमसी र मन्त्रिपरिषद्को निर्णय कुरेर बसेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

व्यवसायीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि उडान संचालनको वातावरण बनाउन समेत सरकारसँग आहृवान गरेका छन् । उनीहरुले १ असारबाट उडान खोल्न माग गरेका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान खोल्नु पर्ने र संक्रमणको जोखिम हेरेर कम जोखिम भएका गन्तब्यमा क्रमशः उडान खोल्नु पर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीको भनाई छ ।

सरकारले उडान सञ्चालनमा ल्याउने सम्बन्धमा छलफल नै नगरेका कारण तत्काल उडान खोल्ने सम्भावना रहेको छैन । उपत्यकामा आर्थिक गतिविधिहरु खुकुलो पारेर निषेधाज्ञा थप गरे पनि आन्तरिक उडान कहिलेबाट हुने हो अन्यौल भएको छ ।

लामो समय बन्द हुँदा हवाई यात्रुसँगै व्यवसायी समेत संकटमा पर्दै आएका छन् । सरकारले वैशाख अन्तिम साता अर्को निर्णय नभएसम्मका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो ।