logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै


अंकुरण खबर
897
Shares

काठमाडौं महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि फेरि सुरु हुँदैछ ।

यसअघि गएको २५ र २६ गते ६२, ६३ र ६४ वर्षका नागरिकलाई खोप लगाएपछि अभाव भएको भन्दै महानगरपालिकाले रोकेको थियो ।

तर स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराएकाले आज र भोलि ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्यपदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

यसअघि वडा-वडामा दिइएको खोप अब भने चार वटा अस्पतालबाट मात्रै दिइने छ ।

वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र सिभिल अस्पतालमा गएर खोप लगाउन सकिनेछ । आज र भोलि ६० र ६१ वर्षका नागरिक, यसअघि भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, र स्वास्थ्यकर्मीलाई खोप दिइनेछ ।