logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिदै


अंकुरण खबर
1.014K
Shares

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

नयाँ सरकारले नियुक्ति पाएको तेस्रो दिनमै नीति तथा कार्यक्रम ल्याउन लागेको हो । आइतबार नीति तथा कार्यक्रमको छलफलमा केन्द्रित रहेको नयाँ सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताईएको छ ।

प्रदेशसभा बैठकअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितीको बैठक बस्ने प्रदेशसभा सचिवालयकी सूचना अधिकारी सपना अधिकारीले जानकारी दिए ।

नयाँ सरकारले आफ्नै तरिकाले पुरै नयाँ नीति तथा कार्यक्रम ल्याउन सक्ने अवस्था नरहेकोले पूर्व सरकारले तयार पारेको नीति तथा कार्यक्रममा केही हेरफेर गरेर पेस गर्ने तयारी भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

नीति तथा कार्यक्रमको तयारी निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारले गरिरहेको र त्यही नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताईएको छ ।