Breaking Newsस्वास्थ्य

भेरी अस्पतालले मंगलबारदेखि ओपीडी सेवा पुनः सञ्चालन गर्ने

भेरी अस्पताल, नेपालगञ्जले रोकिएको बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस महामारी दोस्रो लहरसँगै ओपीडी बन्द गरेको भेरी अस्पतालले असार १ गते मंगलबारदेखि पुनः सञ्चालन गर्ने जनाएको हो ।

भेरीले कोरोना बिरामीका लागि दुई सय बेड सञ्चालन गरेको थियो । महामारीका बेला ३ सय २६ जनासम्म बिरामी आएका थिए ।

अहिले ६८ जना कोभिड–१९ का बिरामी छन् । एक सय १७ बेड खाली भएका छन् । बेड खाली हुने अवस्था आएकाले ओपीडी सञ्चालन गर्ने निर्णयमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

बाँकेमा कोरोना संक्रमणदर घटेको छ । लक्षण देखिएका बिरामी कम भएका छन् । तीनवटै प्रयोगशालाको रिपोर्टले पनि परीक्षण गर्ने र संक्रमण दर घटेको देखाएको छ ।

एक सय २४ जनाको परीक्षण गर्दा १७ जनामा कोरोना देखाएको छ । त्यसमा बाँकेका दुईजना छन् । कोहलपुर मेडिकल कलेजले यसअघि नै ओपीडी सेवा सञ्चालन गरिसकेको छ ।

कोहलपुरले १ सय ३० बेड कोरोना बिरामीका लागि छुट्याएकोमा अहिले एक सय ८ बेड खाली भएको छ । बाँकेका अस्पतालहरुमा अहिले बाँकेका ९१ जना बिरामीको उपचार भइरहेको छ ।

Comment here