logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जामा केही सहज बनाउँदै एकसाता थपियो निषेधाज्ञा


अंकुरण खबर
611
Shares

स्याङ्जामा आउँदो असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ।

आवश्यक सामग्री खरिद बिक्रीका लागि दैनिक २ घण्टा लम्ब्याउँदै पुन: निषेधाज्ञा थप गरिएको हो। स्याङ्जामा कोरोना संक्रमण बढ्ने दर कायमै रहेको जनाउँदै निषेधाज्ञाको समय थप गरिएको हो।

स्याङजामा शनिबार ६१ जनामा र आइतबार पनि ४५ जनामा कोरोनाका संक्रमित पुष्टि भएका छन्। जेठ मसान्तसम्मका लागि गरिएको निषेधाज्ञालाई सोमबारदेखि एक साता पुनः लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए।

यसअघि वैशाख २१ देखि जारी निषेधाज्ञा चौथो पटकसम्म निरन्तर निषेधाज्ञा थप गरिँदै गएको हो। निषेधाज्ञाको अवधिमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग तथा वित्तीय स्थाहरुले कार्यालयमा मात्रै स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुचारु गर्न सकिने भएको छ।

खाद्यसामाग्री खरिद बिक्रीका लागि बिहान ५ बजेदेखि ११ बजेसम्म खुल्ला राखिने निर्णय भएको छ। यसअघि ९ बजेसम्म मात्र थियो।
औषधिजन्य सामग्री र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन समेत प्रशासनको आग्रह छ। मठ, मन्दिर तथा बिभिन्न धार्मिक कार्य वा विहेवारीमा १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन।

सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्नेछ। बैंक, वित्तिय, संस्था र कामदार तथा सुपरभाइजरले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर आयोजना निर्माण गर्न सकिने भएको छ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने जनाइएको छ।