logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यूरोकप हेर्दा विवाद भएपछि खेलाडी र सञ्चालक पक्राउ


अंकुरण खबर
741
Shares

होटलमा बसेर युरोकप फुटबल हेर्दा सुरु भएको विवादका क्रममा झगडा परेपछि प्रहरीले खेलाडी र होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटबल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल सञ्चालकलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा युनाइटेड बिजनेस होटलका सञ्चालक अश्विन श्रेष्ठ, एसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङसहित ८ जना छन् ।

जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अहिले उनिहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना लिएर रिहा गरेको छ । संक्रामक रोग ऐन–२०२० विरुद्धको कसुरमा उनीहरुलाई प्रमुख जिल्ला अधिकारीले जरिवाना गरेका हुन् ।

होटल संचालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।