logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चले खारेज गरिदियो सांसद थापाको पद


अंकुरण खबर
1.456K
Shares

सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ।

यसअघि आफूलाई पार्टीले सांसदबाट हटाएपछि थापा न्यायका लागि अदालत पुगेका थिए।

अदालतले थापालाई सांसद पदमा पुर्नबहाली गर्न अन्तरिम आदेश दिएको थियो। तर, आज फेरि सर्वोच्च अदालतले थापाको रिटमा जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ।

राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो।

पछिल्लो आदेश सँगै थापाको सांसद पद गएको छ।