logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पछिल्लो २४ घण्टामा थपिए २९१८ संक्रमित, निको हुने ५१४७ जना, ५३ को मृत्यु


अंकुरण खबर
871
Shares

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ।

देशभर कुल १४ हजार ८ सय १९ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ हजार १ सय ४७ रहेको छ।

त्यसैगरी काठमाडौं उपत्यकामा मात्रै ६०७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ३९६, भक्तपुरमा ६६ र ललितपुरमा १४५ जना रहेका छन्।