logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट थप गरिएको निषेधाज्ञामा यी कुरा गर्न खुकुलो (सूची सहित)


अंकुरण खबर
546
Shares

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि जारी रहेको काठमाडौँ उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो पारी पुनः १ साता थप गरिएको छ ।

आइतबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी असार ७ गतेसम्म लागू गरिएको निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो ।

आजबाट लागु गरिएको निषेधाज्ञामा यस्ता कुरा गर्न मिल्छ : 

मनिङवाकमा आउजाउ गर्न पाइने ।
खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने ।
राति ९ बजेदेखि विहान ११ बजेसम्म स्थानीय ढुवानी सेवा सञ्चालन गर्न पाइने ।
विकास निर्माणका काममा आवश्यक पर्ने पसलहरु छड, सिमेन्ट, बिजुलीका सामान, खानेपानी जडानका सामान,हार्डवेयर पसल अपराह्न ४ बजेदेखि सञ्चालन गर्न पाइने ।
भर्चुअल माध्यमबाट पठनपाठन गर्ने ।
विदेश जानुपर्ने व्यक्तिहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका कार्यहरु संञ्चालन गर्ने ।
स्टेस्नरीका पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने ।
सहकारी संस्था तथा रेमिटहरु आइतबार र बिहीबार सञ्चालन गर्ने ।विवाह बर्तबन्धको हकमा स्वास्थ्य सुरक्षाको पालना गरेर सात जनासम्म जान पाइने ।
हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्न एयरपोर्टसम्म जाने सवारी साधान प्रयोग गर्न पाइने ।
यी बाहेकका पहिले निर्धारण गरेका कार्यहरु गर्न पाइने छैन् ।