आर्थिक वर्ष २०७७/७८को बजेट आज सातै प्रदेशले सार्वजनिक गर्नेछन् ।
प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । प्रायः सबै प्रदेशको बजेट कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै स्वास्थ क्षेत्रमा बढी ल्याइएको छ ।
यसअघि नै प्रदेश सभामा नीति कार्यक्रम पारित गरिसकेका प्रदेश नम्बर १,२, वागमती र लुम्बिनी प्रदेशले आज दिउँसो ३ र बजे बस्ने बैठक राखी बजेट पेश गर्दैछन् ।
गण्डकी र कर्णाली प्रदेशमा भने अझै नीति तथा कार्यक्रम पारित हुन सकेको छैन् । सत्ताको जोडघटाउले रोकिएको यी दुई प्रदेशमा भने त्यँहा आजै नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउने जनाइएको छ ।
गण्डकीमा मंगलबार बिहान १० बजे बैठक बसी नीति तथा कार्यक्रम पारित गरि केही समय बैठक स्थगित गरेर आजै अर्को बैठकमार्फत बजेट पारित गर्ने तयारी छ । त्यस्तै कर्णालीमा दिउँसो १ बजे प्रदेश सभा बैठक बसी नीति तथा कार्यक्रम पारित गरेपछि बजेट सार्वजनिक गर्ने तयारी छ । गण्डकीमा तीन दिन अघि मात्रै सरकार परिवर्तन भएको थियो भने,कर्णालीमा प्रदेशमा एमालेका चार सांसदका कारण नीति तथा कार्यक्रम पारित हुन ढिला भएको थियो ।