logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट नयाँ शैक्षिक सत्र सुरू, तत्काल कक्षा सञ्चालन नहुने


अंकुरण खबर
975
Shares

आजबाट देशभरका विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरू भएको छ । तर, तत्काल भौतिक रुपमा पढाइ भने नहुने भएको छ ।

हरेक वर्ष वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरू हुने गरेको छ । तर, यो वर्ष कोरोना भाइरसको महामारीका कारण दुई महिना ढिलो नयाँ शैक्षिक सत्र सुरू गरिएको हो ।

नयाँ शैक्षिक सत्र सुरु भए पनि भौतिक रुपमा कक्षा सञ्चालन नहुने भएको छ। निषेधाज्ञा कारण विद्यार्थी तथा शिक्षक विद्यालय पुग्ने सकिने अवस्था छैन। जसले गर्दा आजबाट नयाँ कक्षामा भर्ना र वैकल्पिक माध्यमबाट पढाइ गर्न क्षिा मन्त्रालयले निर्देशन दिएको छ।

विद्यार्थीलाई असार १५ सम्म पाठ्यपुस्तक विरतण गरिने भएको छ। त्यसपछि वैकिल्पक माध्यमबाट पढाइ सञ्चालन हुनेछ। कोरोना नियन्त्रण भएको जिल्लामा भने भौतिक रुपमै पढाइ हुनेछ।

कक्षा ११ को भने भदौ १ गतेबाट कक्षा सुरु हुनेछ। कक्षा १० नतिजा आउन बाँकी छ।