logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

कर्णाली प्रदेश : एमाले संसदीय दलका बैठकमा फ्लोरक्रस गरेका चार सदस्य अनुपस्थित


अंकुरण खबर
845
Shares

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्य अनुपस्थित भएका छन् ।

अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुन् ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूची छ । आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उनीहरुलाई पत्राचार गरिएको बताइएको छ ।

संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि चारै सदस्य अनुपस्थित भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए ।