सप्तरीमा ट्याक्टरले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्लाको खड्क नगरपालिका-८ पहाडे भदिया चोकस्थित सडकमा स १ त नम्बरको ट्याक्टरले अनटेस्ट लेखिएको मोटरसाइकललाई ठक्कर दिँदा चालक सोही नगरपालिका ढोलबाजा निवासी २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राउ स्मारक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।