logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीमा ६५ वर्ष माथिकालाई निःशुल्क उपचार


अंकुरण खबर
663
Shares

गण्डकी प्रदेश सरकारले ६५ वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।

मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थ तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश मातहतका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने जानकारी दिए।

चार दिनअघि मात्रै उनको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। गण्डकी सरकारले अन्य प्रदेशभन्दा यो नयाँ कार्यक्रम ल्याएको हो। त्यस्तै, प्रदेश सरकारले स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ।

सरकारले ‘स्वास्थ्य बीमा सरकारको जिम्मा’ कार्यक्रम पनि ल्याएको छ।