logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको अनुरोध


अंकुरण खबर
988
Shares

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका तीन वटा प्रदेशमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ ।

देशभर फैलिएको मौसम मंगलबारदेखि थप सक्रिय भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल भारतको झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र मनसुन न्यून चापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको छ ।

यसका कारण आज दिउँसो र राति नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विशेष बुलेटिनमा अगाडि भनिएको छ : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भेगमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।