पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका हुन् ।
आज देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमित निको भइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ८ हजार ५०६ जना संक्रमितको मृत्यु भएको छ ।