logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिबाट उपत्यकामा पेट्रोल पम्प बन्द हुने


अंकुरण खबर
1.04K
Shares

काठमाडौं उपत्यकासहितका पेट्रोल पम्प (भोलि) बुधवारदेखि बन्द हुने भएका छन।

पम्पमा कार्यरत मजदुरलाई कोरोना विरुद्धको खोपको व्यवस्था नगरिएको भन्दै पम्प सञ्चालकहरुले विरोधमा पेट्रोल पम्प बन्द गर्न लागेका हुन।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले फ्रन्टलाइनमा काम गर्ने पम्पका मजदुरलाई खोप नदिएका कारण बुधवारदेखि वाग्मतीका पम्प बन्द हुने जनाएको छ।

धादिङ बाहेक काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप लगायतका सबै पम्प बन्द हुनेछन। सरकारले खोप लगाउन सुरु गरे यो निर्णय फिर्ता लिने पम्प सञ्चालकहरुले बताएका छन।