logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक बाढी अपडेट : ५० जना भन्दा बढी बेपत्ता भएको आकलन, १ जनाको शव भेटियो, आधा दर्जन पुल बगायो


अंकुरण खबर
3.549K
Shares

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जना भन्दा बढी बेपत्ता भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले जनाएका छन् ।

बाढीका कारण तिम्बु बजार, हेलम्बु,चनौटे बजार, तालामाराङ, मेलम्ची बजारमा ठुलो क्षति भएको छ । नदी किनारका संरचना,कृषि फर्म बाढीले बगाएको छ ।

घटना सथलमा रहेका सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकास सापकोटाका अनुसार धेरै जनधनको क्षतिको आकलन गर्न सकिएपनि हालसम्म १२ घर बगाएको र ६ जना मानिस बेपत्ता भएको पुष्टि भएको छ । त्यस्तै १ जनाको शव भेटिएको छ ।

नदी मेलम्ची बजारबाट ५० मिटर भित्र छिरेको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले पीडितको उद्धार गरिरहेका छन् ।

बाढीले मेलम्ची खानेपानीको ड्याम बगाएको छ । बाढीले नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल बगाएको छ ।