पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीका महासचिव ईश्वर पोखरेललाई पार्टी मिलाउनका लागि भूमिका खेल्न आग्रह गरेका छन् ।
हिजो (सोमबार) उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका नेता खनाल बुधवार थप उपचारका लागि दिल्ली जानु अघि महासचिव पोखरेलसँग पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेका हुन् ।
पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार खनालको जवाफमा पोखरेलले खनालको उपचारबाट निको भएर फर्किएपछि छलफल गर्ने बताए ।
रगतमा हेमोग्लोबिनको मात्रा कमी भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका खनाल थप उपचारका लागि आज भारतको नयाँ दिल्ली गएका छन् ।