logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जामा जीप दुर्घटना एक को मृत्यु, ६ जना घाईते


अंकुरण खबर
1.898K
Shares

स्याङ्जाको भीरकोट नगरपालिक–४ दर्बुङठाटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भने दुर्घटनामा ६ जना घाइते भएका छन् ।

बानेथोकबाट बयारघारीतर्फ आउँदै गरेको ग १ ज ४९४० नम्बरको जिप बुधबार बिहान ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा भीरकोट–३ का ३६ वर्षीय गणेशजंग अधिकारीको भीरकोट नगर अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा जिप चालक ३० वर्षीय मनु भन्ने विकास थापा, ४६ वर्षीया प्रतिमा परियार, ४० वर्षीय रेशम परियार, ४८ वर्षीय रूकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ र ४० वर्षीय रेशम परियार घाइते भएका छन् । जिपमा रहेका आठजनामध्ये एकजना सकुशल रहेको प्रहरीको भनाइ छ ।

उनीहरुलाई थप उपचारको लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रोजेन्द अधिकारीले जानकारी दिए । जिप आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।