राप्ती नदीमा आएको बाढीका कारण अलपत्र परेका ४ जनाको उद्धार गरिएको छ ।
भैंसी चराउन नदी किनारमा पुगेका उनीहरूको १२ घण्टापछि सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको हो ।
उद्धार गरिएका लमही नगरपालिका–७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ निवासी ४५ वर्षीया सावित्रा, सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँपालिका–३ प्रतापपुरका २६ वर्षे गणेश यादव रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।
भैँसी चराउन गएको बेला राप्तीमा भेल बढेपछि उहाँहरु फर्कन नसकेको श्रेष्ठको भनाइ छ । रातभरी प्रयास गरिएको भए पनि अध्यारोमा सम्भव नभए पछि आज बहिानै उद्दार गरिएको उनले बताए ।